23 Sep 2023, 5:06 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

काठमाडाैंको माछापोखरीमा गरिएको कोरोना परिक्षणमा १५ जनामा आरडिटि पोजेटिभ

काठमाडाैं । काठमाडाैंको माछापोखरी-तरकारी बजार र बसपार्क क्षेत्रमा आइतबार १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्धारा कोरोना परिक्षण गरिएको छ।

काठमाडाैं महानगरपालिका वडा नं २६ र १६ अन्तर्गत पर्ने सो क्षेत्रका तरकारी पसले ट्राफिक प्रहरी र बाहिरबाट आएकाहरुको परिक्षण गरिएको हो।

परिक्षणमा १५ जनामा आरडिटि पोजेटिभ आएको कामनपा १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिएका छन्। बसपार्क क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोको महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सो आसपास क्षेत्रमा परिक्षणलाई तीव्र पारिएको छ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाहरुको पीसीआर परिक्षणका लागि पठाइएको वडाध्यक्ष रिजालले बताए। पीसीआर नतिजा आएपछि मात्रै उनीहरुमा कोरोना संक्रमण भए-नभएको आधिकारिक पुष्टि हुने जनाइएको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: