02 Jul 2020, 8:14 AM (GMT)

Coronavirus Stats Nepal

14,046 Total Cases
30 Death Cases
4,656 Recovered Cases

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या पुग्यो ३५७

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ।

बाँकेमा मात्रै थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। बाँकेसँगै मोरङ, गुल्मी, राैतहट, दाङमा थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३५७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा अनुसार भेरी अस्पतालको प्रयोगशालामा बाँकेका ४६ पुरुष र १ महिला, विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४१ वर्षीय पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, राैतहटका एकजना, दाङका एकजना र धादिङका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

डा. देवकोटाका अनुसार गत २४ घण्टामा २ हजार ५ सय ५८ वटा नमूना पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ भने १ हजार ७ सय ९१ वटा नमूना आरडीटी विधिबाट भएको छ।

यस्तै हालसम्म ३० हजार ७२३ वटा नमूना पीसीआर विधिबाट परिक्षण भएको छ भने कुल ६१ हजार ५६० जनाको परिक्षण आरडिटि विधिबाट गरिएको छ।

डा देवकोटाका अनुसार ४ सय २६ जना संक्रमित तथा आशंका गरिएका व्यक्तिहरु देशभरका विभिन्न आइसोलेसनमा राखिएको छ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two killed in motorcycle accident

Kathmandu : A mother and son have died in a motorcycle accident at Kshireshwornagath Municipality-4 ...

Translate »
%d bloggers like this: