
काठमाडाैं । दाङमा दुई स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर विधिबाट गरिएको कोरोना परिक्षणमा दाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै दाङमा कोरोना संक्रमितहरुको संख्या ३४ पुगको छ।
कोरोना संक्रमण पुष्टि हुनेमा तुल्सीपुर उपमहानगरपालिकाका ५ जना, गढवा गाउँपालिकाका २ जना, राप्ती गाउँपालिका र लमही नगरपालिकाका १/१ जना रहेका छन्।