08 Jul 2020, 6:57 AM (GMT)

Coronavirus Stats Nepal

16,168 Total Cases
35 Death Cases
7,499 Recovered Cases

बाजुरामा कोरोनाका कारण २ वर्षीय बालिकाको मृत्यु, मृतक संख्या ८ पुग्यो

काठमाडाैं । कोरोनाभाइरस (कोभिड-१९) का कारण बाजुरामा एक बालिकाको मृत्यु भएको छ।

बुढीगंगा नगरपालिका-१ घर भएकी २ वर्षीय बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरेका छन्।

८ दिनअघि भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका-१ घुरालसैना माविको क्वारेनटाइनमा राखिएको थियो। त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको ती बालिकाको शनिबार राति २ बजे मृत्यु भएको हो।

बालिकाको मृत्यु भएलगत्तै स्वाब संकलन गरी पीसीआर परिक्षणका लागि पठाइएको थियो। सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय सुदुरपश्चिमका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए।

उनको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ। यसअघि कोरोनाका कारण नेपालमा ७ जनाले ज्यान गुमाइसकेका छन्।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Nine more infected with corona in Province 1

Kathmandu : Corona infection has been confirmed in nine more people in Province 1. According ...

Translate »
%d bloggers like this: