
काठमाडाैं । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ८५९ पुगेको छ ।
संक्रमितमध्ये महोत्तरीको ९ जना, सर्लाहीको १५ जना, राैतहटको ११ जना, पर्साको ७ जना, सप्तरी र सिरहामा १/१ जना गरी ४४ जना नयाँ संक्रमित थपिएको हो।
जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वाबको परिक्षणका लागि गरिएको रियल टाइम मेशिनबाट दुई दिनमा २४२ वटा स्वाबको नमूना परिक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सचिव डा घिमिरेले जानकारी दिएका छन् ।