International

फ्रान्समा राष्ट्रपतिको निर्णयमा असन्तुष्ट, आन्दोलन अझै जारी

काठमाडौं । गत केही हप्तादेखि फ्रान्समा नागरिकहरुले आन्दोलन सुरु गरेको छ । सरकारले आफ्नो निर्णय सच्याउने प्रयत्न गरे पनि आन्दोलन भने अझै जारी रहेको छ । सामाजिक न्याय, असमानता र उच्च घरानियाविरुद्ध सुरु गरिएको आन्दोलनमा दशौं हजार नागरिक सहभागी रहेको छ । आन्दोलन पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिका विरुद्ध केन्द्रित थियो भने सो आन्दोलनमा आम नागरिक स्वतः स्फुर्त रुपमा उपस्थित हुन ...

Read More »

जमिनमुनिको पानी धेरै तान्दा के हुनसक्छ ?

जमिनमुनिबाट अत्यधिक मात्रामा पानी तान्यो र भूमिगत पानी ‘रिचार्ज’ हुन पाएन भने त्यसको परिणाम के हुनसक्छ? यसको पछिल्लो उदाहरण इरानको राजधानी तेहरानमा देख्न सकिन्छ। पश्चिम एसियाकै सबभन्दा बढी जनसंख्या भएको यो सहर केही समययता निरन्तर भासिँदै गएको छ। भूगर्भ वैज्ञानिकहरूले स्याटलाइट तस्बिर विश्लेषण गरी तेहरानका केही भाग वर्षको २५ सेन्टिमिटरका दरले भासिँदै गएको बताएका छन्। जर्मन रिसर्च सेन्टरका भूगर्भ वैज्ञानिकहरूले ...

Read More »

एक रातमा ९० करोड खर्च गर्छन् साउदी राजकुमार

काठमाडौं । साउदी युवराज मोहम्मद बिन सलमान साउदीमा आफ्नो प्रभाव बढाउने र मुलुकलाई विश्वमा चिनाउने दिशामा लागेका छन् । यस्तोमा उनी पछिल्लो समय निकै चर्चित पनि बनेका छन् । केही दिनअघिमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनीसँग भेटवार्ता गरेका थिए । साउदी युवराज दोस्ती तथा सम्पत्तिको लागि विश्वभर चिनिन्छन् । एक वेबसाइटका अनुसार सालमानको सम्पत्ति करिब ३ सय खर्बको छ ...

Read More »

फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

क्यालिफोर्निया । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्नै अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । ...

Read More »

चिनियाँ महावाणिज्य दूतावासमा हमला, भारत जिम्मेवार रहेको ठहर

काठमाडौं । पाकिस्तानले कराँचीस्थित चिनियाँ महावाणिज्य दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा दुई सुरक्षाकर्मीसहित ७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दुई सर्वसाधारण र ३ जना आक्रमणकारी रहेका छन् । उक्त हमलामा भारत जिम्मेवार रहेको आरोप लगाएको छ । घटनाको दुई दिनपछि बलूचिस्तान प्रान्तका गृहमन्त्री सलीम खोसाले घटनामा भारत जिम्मेवार रहेको सञ्चारकर्मीलाई बताएका छन् । खोसाका अनुसार दूतावासमा भएको हमलाका मुख्य ...

Read More »

अष्ट्रेलियामा आँधीका कारण जनजीवन कष्टकर, आकाशको रंग नै परिवर्तन

अष्ट्रेलियामा धुलोसहितको आँधीका कारण जनजीवन कष्टकर बनेको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपास बसोबास गर्ने सर्वसाधारणहरुलाई स्वास्थ्यमा नराम्रो असर पार्ने भनेर अधिकारीहरुले सावधान गराएका छन् । आँधी ५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको कारण यसबाट सबैले सावधान रहन चेतावनी दिइएको छ । यस आँधीको कारणले न्यू साउथ वेल्सका धेरैजसोे क्षेत्र हेर्न मुस्किल रहेको ...

Read More »

निसान मोटर्सका अध्यक्ष घोसन जेलमा

काठमाडौं । नाम चलेका मोटर्स कम्पनीमध्ये निसान मोटर्स कम्पनीका अध्यक्ष कार्लोस घोसन भ्रष्टाचारको मुद्दामा जेल परेका छन् । योभन्दा अघि पनि घोसनले कम्पनीको पैसा निजी काममा प्रयोग गरेको आरोप लागेको थियो । जापानको समाचार अनुसार घोसनलाई टोकियोका जाँच अधिकारिहरुले गिरफ्तार गरिएको थियो । सुरक्षा जाँच अधिकारीहरुले निसानको मुख्यालय तथा अन्य ठाउँमा पनि तलासी शुरू गर्दै टोकियोका जाँच अधिकारीहरुले मुद्दामा पनि ...

Read More »

जुम्ल्याहा बच्चाको शल्यक्रिया

काठमाडौं । भुटानका १५ महिने छातीको भाग जोडिएका जुम्ल्याहा बच्चाको अष्ट्रेलियामा शल्यक्रिया सम्पन्न भएको छ । उनीहरुको कलेजो एउटैमा जोडीएको डाक्टरले बताए । शल्यक्रिया गर्न ६ घण्टा लागेको डाक्टरले बताए । शल्यक्रिया पश्चात २४ देखी ४८ घण्टा चुनौतिपूर्ण हुने भन्दै उनले सकरात्मक परिणाम आउने बताए । विश्वमा यस्ता शल्यक्रिया थोरै मात्रै हुने गरेका चिकित्सकले बताएका छन् ।

Read More »

गूगल कम्पनीका तेह्रे वरिष्ठ म्यानेजर जागिरबाट निकाला

काठमाडौं । केही वर्षदेखि गूगल कम्पनीका वरिष्ठ म्यानेजरलाई यौन उत्पीडनको आरोप लागेको थियो । उक्त आरोपका कारण १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालिएको छ । आरोप लागेका कर्मचारीहरुको नाम उल्लेख गरेको पत्रमा कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेपछि गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले यस्तो फैसला लिएका हुन् । एन्ड्रोइड निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० ...

Read More »

खसोज्जीको हत्या प्रतिक्रियामा राष्ट्रपति ट्रम्पको आपत्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार जमाल खसोज्जीको हत्याका सम्बन्धमा साउदी अरेबियाले दिएको प्रतिक्रिया ढाकछोप भएको व्याख्या गरेका छन् । खसोज्जीको हत्यामा संलग्न भएको जोसुकै होस् त्यो ठूलो समस्यामा पर्ने चेतावनी दिँदै ट्रम्पले साउदी अरबको नराम्रो सोचाइ, नराम्रो तरिका र इतिहासकै नराम्रो ढाकछोप गरेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पको त्यस्तो प्रतिक्रिया आएलगत्तै विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले घटनामा संलग्नहरूलाई ...

Read More »