काठमाडाैं । इराकमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको कर्फ्यु अब अप्रिल ११ सम्म हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । इराकको अन्तर्राष्ट्रय एयरपोर्ट साथ साथै स्कूल विश्वविद्यालय तथा अन्य ठूला भेला हुने ठाँउहरु बन्द रहनेछन् । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध लड्न इराकले गत हप्ता मात्र लक डाउनको घोषणा गरेको थियो । इराकमा कोरोना भाइरसका कारण २९ जना ...
Read More »स्पेनमा एकै दिनमा ६५५ जनाको मृत्यु
काठमाडाैं । स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार नघेको छ । स्पेनमा एकै दिनमा ६५५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ हजार ८९ पुगेको हो । संक्रमितको संख्या भने ५६ हजार १८८ पुगेको छ । मृत्युदरमा बुधबार जारी गरिएको तथ्यांकमा १९ प्रतिशतले वृद्धि भएको छ । स्पेन इटली पछि सबैभन्दा बढी कोरोनाका कारणले सबैभन्दा बढी मृत्यु ...
Read More »ट्रम्पको विश्वास, कोरोनाको प्रकोप इष्टरसम्म रोकिने
काठमाडाैं । अमेरिकाका राष्ट्रपति ट्रम्पले ह्वाइटमा आयोजित पत्रकार सम्मेलनमा आगामी इष्टरसम्ममा कोरोना भाइरसको महामारी सकिने विश्वास व्यक्त गरेका छन् । अमेरिकाका सबैभन्दा प्रभावित ‘न्यु योर्क’ शहरमा अहिले संक्रमितको संख्या र मृत्यु हुनेको संख्या तीव्र गतिमा बढिरहेको छ । त्यसपछि पनि अमेरिका राष्ट्रपतिले पुरै अमेरिका लक डाउन नगर्ने बताएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले अमेरिका कोरोना भाइरसको नयाँ केन्द्र हुनसक्ने चेतावनी दिएको ...
Read More »कोरोना संक्रमित ५५ हजार नाघ्यो अमेरिकामा, अमेरिका राष्ट्रपति अझै तयार छैनन् अमेरिका लक डाउन गर्न
काठमाडाैं । संसारकै सबैभन्दा शक्तिशाली देश अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ६० हजार ६५३ पुगेको छ भने ८१९ जनाको मृत्यु भइसकेको छ । त्यहाँ एक दिनमै १० हजार नयाँ संक्रमितहरु भेटिएका छन् । यति हुँदा पनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिका लक डाउन गर्न तयार छैनन् । विश्व विभिन्न मुलुकहरुमा थोरै मात्रामा संक्रमित देखिदा पनि लक डाउन गरिरहेको छ तर ...
Read More »कोरोनाका कारण सबैभन्दा बढी मृ्त्यु भएको मुलुक इटली पछि स्पेन
काठमाडाैं । स्पेनमा कोरोना भाइरसका कारणले एक दिनमा ७३८ जनाको मृत्यु भएको छ भने ७ हजार ९३७ नयाँ संक्रमितहरु भेटिएका छन् । हालसम्म स्पेनमा संक्रमितको संख्या ४७ हजार ६१० जना रहेका छन् भने ३ हजार ४३४ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको कारण सबैभन्दा बढी मृत्यु हुने देशमा स्पेन दोस्रो स्थानमा रहेको भने पहिलो देश इटाली रहेको छ जहाँ ...
Read More »कोरोना संक्रमण बेलायती राजकुमार चाल्समा भएको पुष्टि
काठमाडाैं । बेलायती महारानी द्धितीयका छोरा राजकुमार चाल्सलाई कोरोना संक्रमण भएको पुष्टि भएको बेलायती तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । ७१ वर्षीय चाल्सलाई सोमबार कोरोना संक्रमणको जाँच गरिएको थियो र मंगलबार परिणाम पोजेटीभ आएको बताइएको छ । राजकुमार चाल्स अहिले स्कटल्याण्ड स्थित निवासमा आइसोलेसनमा रहेका छन् । उनकी श्रीमती क्यामिला, डचेस अफ कर्न्वाललाई भने कोरोना जाँच गरिएको र परिणाम नेगेटिभ आएको ...
Read More »वुहानको लकडाउन खोलिने, अप्रिल ८ देखि वुहानको वासिन्दा अन्यन्त्र जान खुला
काठमाडाैं । कोरोना भाइरसको संक्रमण रोक्नको लागि दुई महिनादेखि लक डाउन गरिएको वुहान सहर अप्रिल ८ देखि खोलिने भएको छ । गत जनवरी २३ देखि वुहान भित्रिने र बाहिरिने सावरी साधनहरुमा रोक लगाइएको थियो । साथै वुहान बाहिरका उडान र रेलसेवा पनि रोकिएको थियो । जुन अप्रिल ८ देखि खुला गरिने भएको छ । वुहानबाट बाहिरका व्यक्तिहरुमा कोरोना फैलिन नदिन ...
Read More »कोरोनाको संक्रमण रोक्न साउदी अरबका राजाद्धारा कर्फ्युको घोषणा
काठमाडाैं । साउदी अरबमा सोमबार स्थानीय स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म देशभरि कर्फ्युको घोषणा गरिएको छ । कर्फ्यु प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनको लागि लागु हुने बताइएको छ । साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कर्फ्युको घोषणा गरेका बताएका छन् । कोरोना संक्रमण ...
Read More »स्वास्थ्य सामग्रीसहित चीनबाट सर्बियामा गए विशेष टोली
काठमाडाैं । गत हप्ता सर्बियाका राष्ट्रपति अलेक्सान्द्र वुचिचले कोरोना विरुद्ध लड्न चीनसँग सहयोगको आग्रहसँगै चीनले आफ्नो टोली पठाएको छ । सर्बियामा हालसम्म १८८ जना कोरोना संक्रमित छन् भने १ जनाको मृत्यु भएको छ । सर्बियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरोना विरुद्ध लड्न चीनसँग मदत मागेका थिए । सर्बियाका राष्ट्रपति विचिचले चीनसँग आफुले मदतका लागि पत्र पठाएको र पत्रमा उनले चीनको ...
Read More »हलिउड पूर्व निर्देशक हर्बे विन्सटन कोरोना संक्रमित पुष्टि
काठमाडाैं । जेलमा रहेका हलिउडका पूर्व चलचित्र निर्देशक ६८ वर्षीय हर्बे विन्सटनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको अमेरिकी मिडियाले जनाएका छन् । बलात्कार र यौन उत्पीडनको आरोपमा दोषी पाएका विन्सटनलाई ११ मार्चमा २३ वर्षको जेल सजाय सुनाइएको थियो । विन्सटन छातीको दुखाइपछि म्यानहट्टन अस्पतालमा लागिएको थियो जहाँ उनलाई कोरोना भाइरसको परीक्षण गरिएको थियो । आइतबार साँझ विन्सटनको कोरोना भाइरसको परिक्षण गर्दा ...
Read More »