National

भ्याट फिर्ता लिन मल्होत्राको ठूलो चलखेल, आफन्तको नाममा थप तीन कम्पनी दर्ता

काठमाडौं । नेपालका लागि सामसुङ मोबाइलको आधिकारीक बिक्रेता कम्पनीका मालिक दीपककुमार मल्होत्राले आफन्तको नाममा दर्ता भएका थप तीन कम्पनीमार्फत मोबाइल आयात गरेर निर्यात गरेको खुलासा भएको छ । मल्होत्राले आइएमएस वल्र्डसहित इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिमार्फत मोबाइल आयात र हिमालयन इलेक्ट्रोनिक्स प्रालिमार्फत निर्यात गरी यी दुवै कम्पनी मल्होत्राले शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने उद्देश्यले खडा गरेको ठूला करदाता कार्यालयले ...

Read More »

महिलालाई कुटपिट गर्ने दुई प्रहरी कारवाहीमा

वीरगन्ज । भारतीय बजारबाट वीरगन्जतर्फ अबैध रुपमा समान ल्याएको भन्दै राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको छ । उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्ने भएको छ । घटनामा संलग्न सशस्त्र प्रहरी हवलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हवल्दार केशवराज पन्तमाथि कारवाही गर्ने प्रशासनले जनाएको छ । सशस्त्र प्रहरी ...

Read More »

भारतीय कम्पनीले बेचे नेपालको जलविद्युत्

काठमाडौं । भारतीय कम्पनी जीएमआरले नेपालको खोला चिनियाँ कम्पनीलाई बेचेको छ । माथिल्लो मस्र्याङ्दि–२ जलविद्युत् तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । उक्त जलविद्युत् ६ सय मेगावाटको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो । यस कार्यमा नेपाल सरकारको आंशिक लगानी भएको बुटबल पावर कम्पनी (बीपीसी) ले मिलाएको हो । लाइसेन्स बेचेपश्चातको रकम भारत लैजान तयारी भइरहेको छ । उक्त ...

Read More »

उपप्रमुखकै घरमा चोरी

भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुखको घरमा चोरी भएको छ । सूर्यविनायक, सिपाडोलस्थित उपप्रमुख रजनी जोशीको घरबाट करिब रु १५ लाख ९८ हजार ७ सय ५० बराबरको चोरी भएको प्रहरीले जनाएको छ । यससँगै मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

Read More »

सवारी दुर्घटनामा परी गुरु कथोकको निधन

काठमाडौं । सोमबार काठमाडौंको हात्तीवनमा सवारी दुर्घटनामा परी ६४ वर्षीय तिब्बती बौद्धधर्म नियाग्मा परम्पराका प्रमुख गुरु कथोक गेट्से रिम्पोछेको निधन भएको छ । रिम्पोछेलाई गत वर्ष भारतको बोधगयामा सम्पन्न मोनलम पर्वमा अरु पाँचजना नियाग्मा परम्परा स्कुलका प्रमुख लामाहरुले सातौं सर्वोच्च प्रमुखमा नियुक्त गरेका थिए । रिम्पोछे गर्युमी तेम्पा ग्यालटसेन नामले पनि प्रसिद्ध रहेका छन् ।

Read More »

नेपालमा रोहिंज्याको अवैध प्रवेश, बेखबर गृह मन्त्रालय

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति कमजोर भएको कारण म्यान्माबाट विस्थापित १० जना रोहिंज्या नेपाल प्रवेश गरेको छ । सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण रोहिंज्याहरु नेपाल प्रवेश गरेका हुन् । केपी ओली नेतृत्वको सरकार गठन भएपछि रोहिंज्याहरू नेपाल नछिरेको गृह मन्त्रालयले दाबी गर्दै आएको थियो भने भदौ दोस्रो साता १० जना रोहिंज्या अवैध मार्ग हुँदै ...

Read More »

नगदसहित जुवा खेल्ने पक्राउ

काठमाडौं । टोखास्थित गैरीगाउँमा जुवा खेलिरहेका १५ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । ४२ वर्षीय जिवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा जुवाको खालबाट नगद ७ लाख १५ हजार ४ सय रुपियाँ समेत उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Read More »

घुससहित राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी पक्राउ

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाको टोलीले राष्ट्रिय अनुसन्धान कार्यालयका एक कर्मचारी घुससहित पक्राउ गरेका छन् । गुलरिया नगरपालिका–६ स्थित रहेको मिन्सु सेवा क्लिनिकबाट २० हजार रुपैयाँसहित सहायक सूचक दीपेन्द्र पनेरुलाई पक्राउ गरेको हो । पनेरुले भारतीय ब्राण्डका औषधि बेच्न पाउने लाइन बापत भन्दै पटक पटक पैसा मागेर सताउने गरेको मिन्सुसेवा क्लिनिकले बताए । पनेरुलाई बर्दियाको हिरासतमा राखिएको जिल्ला प्रहरी ...

Read More »

विश्वविद्यालय अनुदान आयोगमा भीमप्रसाद

काठमाडौँ । कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक भीमप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ । उक्त पद प्राध्यापक परासर कोइरालाको चारवर्षे कार्यकाल पूरा भएपछि रिक्त रहेको थियो । स्थानमा त्रिभुवन विश्वविद्यालयमा करिब चार दशक प्राध्यापन गरेका सुवेदीले हालै अवकाश पाएका थिए । सुवेदी काठमाडौं विश्वविद्यालयको विद्यापरिषद् सदस्य, पोखरा विश्वविद्यालयको अनुसन्धान समितिका सदस्य तथा खुला विश्वविद्यालयको प्राज्ञिक ...

Read More »

झडपमा प्रहरीसहित तीन जना घाइते

धादिङ । सबैभन्दा ठूलो एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच झडप भएको छ । उक्त झडपमा सवारी साधन तोडफोड गरिएको छ भने प्रहरी सहायक निरीक्षकसहित अन्य ३ जना घाइते भएका छन् । मेलामा गोरखातर्फबाट आएको एक समूहले आक्रमण शुरु गरेपछि दुवै पक्षबीच झडप हुँदा प्रहरीले छुट्याउन जाँदा सहायक निरीक्षक विनयकुमार पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी ...

Read More »
Translate »