National

यति एयरलाईन्सभित्र युवतीको मृत्यु

काठमाडौं । यति एयरलाईन्सको जहाजमा एक युवतीको मृत्यु भएको छ । असोज ५ गते भैरहवाबाट काठमाडौं आउँदै गरेको यति एयरलाईन्समा कपिलवस्तुकी ३० बर्षीया पुष्पा राईको मृत्यु भएको हो । उक्त घटना १३ दिनपछि सार्वजनिक भएको हो । जहाज उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको पिडित परिवारको आरोप छ । अचेत भएरै ढलेकी पुष्पालाई जहाज कम्पनीले ...

Read More »

कम्पनी डुबेपछि सञ्चालक फरार, नेपाली सहित विदेशी कामदार अलपत्र

काठमाडौँ । कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कम्पनी डुबेपछि कामदारलाई तलब नदिई भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका छन् । उक्त कम्पनीमा कार्यरत १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । गत मे महिनादेखि तलब नपाएको कामदारहरु बताउँछन् । कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन् । सञ्चालक फरार भएकाले कामदारले खानासमेत ...

Read More »

टिपरको ठक्करबाट एकको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित पाण्डु बजारमा बा४ख३६५० नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काभ्रेबाट काठमाडौंतर्फ जाँदै गरेको टिप्परले सोही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृत्यु हुने चालक काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिमा ...

Read More »

दैनिक उपभोग्य सामान मापदण्ड विपरित

काठमाडौं । हामीले प्रयोग गर्ने दैनिक उपभोग्य सामान मापदण्ड उल्लंघन गरी खानै नमिल्ने कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बताएका छन् । दैनिक उपभोग्य सामान दूध, पानी र तेल मापदण्ड विपरीत भएकाले त्यस विषयमा उपभोग्य वस्तुको नियमन गर्न उपभोक्तालाई सचेत गराउने अभियान चलाउन लागिएको खनालले जानकारी दिए । मन्त्री खनालका अनुसार कृषि उत्पादनभन्दा जमीनको प्रयोगसम्बन्धी समस्या जटिल रहेकाले जमिनसम्बन्धी देखिएका ...

Read More »

संगम स्वीट्स पसलमा खाद्य प्रविधिको शिलबन्दी

काठमाडौं । वानेश्वरमा रहेको संगम स्वीट्स पसललाई अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पूरा नगरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले शिलबन्दी गरेको छ । बरिष्ठ खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले अनुगमन गरी शिलबन्दी गरिएको हो ।

Read More »

इन्धन ढुवानी ट्यांकरमा दुई सय पन्चानब्बे अवैध गाँजा बरामद

काठमाडौँ । चितवनबाट हेटौंडा जाँदै गरेको इन्धन ढुवानी गर्ने ट्यांकरमा अवैध गाँजा प्रहरीले बरामद गरेको छ । ना ३४ख ३९४९ नम्बरको इन्धन ढुवानी गर्ने ट्यांकरबाट प्रहरीले २ सय ९५ किलो अवैध गाँजा बरामद गरेको छ । प्रहरीले गाडी चालक प्रल्हाद ठकुरीलाई पक्राउ गरेको छ । बरामद गरिएको २२ वटा गाँजाको प्याकेटलाई भारतीय बजारमा पु¥याउने तयारी भइरहेको ब्यूरोले जानकारी दिएको छ ...

Read More »

पच्चीस वर्षको युवाले गरे आत्महत्या

चितवन । चितवनस्थित कालिका नपा ७ का एक युवाले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेका छन् । आत्महत्या गर्ने युवा २५ वर्षीय निश्चल तामाङले आइतबार राती फेसबुकमा आत्महत्या गर्ने भन्ने संकेतको स्टाटस राखेका थिए । तामाङले कक्षा १२ मा अध्ययन गर्दै छाडेर लागुपदार्थको लतमा फसेका उनी रिहाब सेन्टरबाट फर्किएको एक महिना भएको थियो । उनले सुसाइड नोट लेखेर आत्महत्या गरेको ईलाका ...

Read More »

बेसीशहर–चामे सडक पुनः सञ्चालनमा

लमजुङ । पहिरोको कारण १९ दिनसम्म अवरुद्ध भएको बेसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । मनाङ पुग्ने एकमात्र भनेकै बेसीशहर–चामे सडकखण्ड हो । पहिरोका कारण खरखरे भीर, खुदी, भुलभुले, सिउरुङबेसी, अर्खलेबेसी, घोप्टे भीर, काप्रे भीर, रामबजार, स्याँगे, श्रीचौर, जगत, च्याम्चेलगायतका विभिन्न सडक अवरुद्ध भएको हो । सडकखण्ड पुनः सञ्चालनमा ल्याउनको विष्फोटक पदार्थ प्रयोग गरेर पहिरो हटाइएको थियो । लमजुङका प्रमुख ...

Read More »