National

विद्यार्थीलाई न्यानो कपडा

काठमाडौँ — दोलखा भिमेश्वर नगरपालिका ५ मा रहेको विसुन्टोल आधारभूत विद्यालयका २० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । अमेरिकाको भर्जिनियामा बस्दै आएका नेपाली बालबालिकाहरूले तिहारमा देउसी–भैलोबाट जम्मा गरेको रकमबाट कपडा वितरण गरिएको हो । २२ हजार ३ सय ३२ रुपैयाँबाट किनिएको कपडा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत र अभियन्ता नीता राउतले संयुक्त रुपमा हस्तान्तरण गरे । बालबालिकालाई निरन्तर विद्यालय आउन यस कार्यक्रमले ...

Read More »

समिरमानको पत्रकार हत्या योजनाले प्रहरीमा तरङ्ग, हेडक्वार्टरले थाल्यो छानबिन

काठमाडौँ । यदि कुनै शक्तिकेन्द्रले चमत्कार देखाएन र अभियुक्तको बयानलाई प्रहरीभित्रै गुपचुप राखिएन भने केही समयमै सुडान र सुनकाण्डभन्दा पनि डरलाग्दो एउटा काण्ड पटाक्षेप हुँदैछ । बयान दिने व्यक्तिहरूको मानसिक सन्तुलन ठीक छैन, कसैको उक्साहटमा बकाइएको प्रमाणित भए अर्कै कुरा, नत्र अब प्रहरीभित्र हलचल मच्चिने घटना टर्न मुस्किल भएको अनुसन्धानरत प्रहरीहरू बताउँछन् । अपराधीको बयान हो, ‘नागरिक अगुवा तथा पत्रकार ...

Read More »

नारायणगोपालले त्यसपछि कहिल्यै गाएनन् रानी ऐश्वर्यका गीत

नारायणगोपालको त्रिवेणी बनिसकेको थिएन। तर, नगेन्द्र र गोपाल दार्जिलिङको एउटै कलेजमा पढ्थे र उनीहरुबीचको मित्रता प्रगाढ भइसकेको थियो। नगेन्द्रले त्यतिबेला गीतलाई छोएकै थिएनन् भने पनि हुन्छ। नगेन्द्र कविता लेख्थे। त्योभन्दा पनि अझ उनी मुक्तककारका रूपमा दार्जिलिङभर प्रसिद्ध थिए। नेपाली भाषा–साहित्यमा उनी राम्रो ज्ञान राख्थे। एक किसिमले पारङ्गत थिए भन्दा पनि हुन्छ। उनको नेपाली भाषा–साहित्यप्रतिको यही दक्षतालाई बुझेर कहिलेकाहीँ शिक्षकले उनैलाई ...

Read More »

पप्पुलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश

नेपालगन्ज । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न आदेश दिएको छ । अदालतले धरौटीबापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा निषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज इजलासका न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर ...

Read More »

ठूलो परिमाणमा लागूऔषधसहित चार पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीमा ठूलो परिमाणमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले पूर्व-पश्चिम राजमार्गको मध्यविन्दु नगरपालिका ८, स्थित फूलबारीबाट लु १ ख ७९८५ नम्बरको बसमा लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका २१ बस्ने २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका ८ बस्ने ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश ...

Read More »

भूकम्पपछिको चौथो जाडो पनि टहरामै

ओखलढुंगा । चिसंखुगढी गाउँपालिका ५ पाखेको श्रीकुश्माण्ड आधारभूत विद्यालयमा तीन वर्षदेखि त्रिपाल र बाँसको टहरामै पढाइ हुँदै आएको छ । ०७२ को भूकम्पमा विद्यालय भवन भत्किएपछि विद्यार्थीहरू टहरामै पढ्न बाध्य भएका हुन् । विद्यालय पुनर्निर्माणका लागि बजेट प्राप्त भए पनि काम ढिलो हुँदा भूकम्पपछिको चौथो जाडोमा समेत विद्यार्थी टहरामै पढ्न बाध्य छन् । ‘घाम लागेका बेला बाहिर राखेर पढाउँछौँ’ विद्यालयकी प्रधानाध्यापक इन्दिरा भट्टराईले ...

Read More »

नेपालमा ८.५ म्याग्नेच्युडको भूकम्प जाने जाेखिम- एक वैज्ञानिक अध्ययन !

भारतीय वैज्ञानिकहरुको एक अध्ययनले नेपालसहितको हिमालय क्षेत्र इतिहासकै सबैभन्दा ठूलो भूकम्पको जोखिममा रहेको औंल्याएको छ। जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचका लागि भूगर्वविद् सीपी राजेन्द्रले नेतृत्व गरेको अनुसन्धानले निकट भविष्यमा यो क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको हो। ‘दक्षिण एशियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ’, बेंग्लोर आधारित संस्थाको जियोलोजिकल जर्नलमा प्रकाशित लेखमा ...

Read More »

जेलबाट श्रीमान छुटाइदिन्छु भन्दै १० लाख लुटियो, राजपा नेतामाथि बलात्कार आरोप

राजविराज : सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठगी गर्नुका साथै उनलाई  बलात्कार गरेको घटना बाहिर आएको छ। ठगी तथा बलात्कारको आरोपमा सप्तरी प्रहरीले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोज मेहतालाई आइतबार गिरफ्तार गरेको छ। उनी छिन्नमस्ता गाउँपालिका ५ लोखरमका हुन्। राजविराज कारागारमा थुनामा रहेका श्रीमानलाई छुटाई दिने प्रलोभन देखाई मेहताले साढे दश लाख रुपैयाँ ठगी गर्नुका ...

Read More »

प्रधानमन्त्री ओली र एकनाथ ढकालविरुद्ध प्रहरीमा उजुरी आएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र युनिभर्सल पिस फेडरेसन (युपिएफ) का नेपाल अध्यक्ष एकनाथ ढकालविरुद्ध धर्म परिवर्तन कसुर गरेको आरोपमा आएको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ। प्रधानमन्त्री ओलीले संविधानविपरीत धर्म प्रचार गर्न खोजेको र सरकारको स्वीकृतिबिना तक्मा तथा पुरस्कार थापेको भन्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोख्रेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन खोजेका थिए। तर परिसर प्रमुख एसएसपी बसन्त लामाले ...

Read More »

जापानमा नेपालीहरुको भिडियो भाइरल

जापानको राजधानी टोक्योस्थित एउटा नेपाली रेस्टुरेन्टमा नेपालीहरुले देखाएको बहादुरी सामाजिक सञ्जालमा भाइरल भएको छ। टोक्योको सिन्जुकु भन्ने ठाउँमा रहेको टोक्यो रोधी क्लबमा कार्यक्रम हुँदै गर्दा कुर्सी हानाहान गरेर नेपालीहरुले बहादुरी देखाएका हुन्। टोक्योको सबैभन्दा ठूलो हबमध्येको एक सिन्जुकुलाई नेपाली टाउन पनि भनिन्छ। किनभने त्यहाँ नेपालीहरु धेरै नै छन्। आइतबार त्यहाँ एनआरएन फेस्टिभल भएको थियो। खानपान, नाचगान चलिरहेको थियो। स्टेजबाट गायकगायिकाहरु ...

Read More »