National

नेपाली पोषाकमा हलिउड हस्ती फ्रिम्यान काठमाडौंका सम्पदा स्थलमा

काठमाडौं । हलिउडका हस्ती महान् कलाकार मोर्गन फ्रिम्यान यतिबेला काठमाडौंमा छन् । नेपाली पोषाकमा ठाँटिएर उनी काठमाडौंका सम्पदा स्थलमा घुमिरहेका हुन्। दौरा सुरुवालमा ठाँटिएर यसरी सम्पदामा घुमिरहँदा हलिउड क्षेत्रलाई नै नेपालप्रति आकर्षित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । उनलाई नेपाली दौरा सुरुवाल लगाएर काठमाडौंका सांस्कृतिक स्थलहरूमा घुम्दा गजब सुहाएको देखिएको छ। आफ्नो  ‘द स्टोरी अफ गड’ टीभी श्रृंखलाको ...

Read More »

दाइजो नल्याउँदा मानसिक यातना दिई हत्या

कपिलवस्तु । बाणगङ्गास्थित २१ वर्षीय खेमकला सुनारको मृत शरीर भारतको हरियाना हिसारमा भेटिएको छ । उनको हत्या गरिएको सुनारको माइती पक्षबाट दाबी गरेको छ । पिडित पक्षका अनुसार सुनारलाई मानसिक र शारीरिक यातना दिई हत्या बताएका छन् । दाइजो नल्याएको भन्दै मानसिक यातना दिई हत्या गरिएको पिडित पक्षको भनाई रहेको छ । हत्यारालाई कडा कारवाही गर्नुपर्ने पिडित परिवारको माग रहेको ...

Read More »

लुटपाटमा प्रहरी नै संलग्न भएको खुलासा

काठमाडौं । बल्खुमा भएको लुटपाट घटनामा प्रहरी पनि संलग्न रहेको खुलासा भएको छ । नक्कली सुन देखाएर लुटपाट गरेको अनुसन्धान गर्ने क्रममा दुई प्रहरी हवल्दार रहेको महानगरीय प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई १ केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । घटनामा संलग्न भएका जुनसुकै मातहतका भए पनि कडा कारबाही गर्ने प्रहरीले बताए ।

Read More »

जंगली हात्तीले आक्रमण गर्दा दुई महिलाको मृत्यु

चितवन । चितवन माडी–९ मा जंगली हात्तीले दुई महिलाको ज्यान लिएको छ । विरोध प्रदर्शन गर्दै स्थानीयले जंगली हात्ती नियन्त्रणमा लिनुपर्ने र मृतकका परिवारलाई निकुञ्जले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । चितवन निकुञ्जका अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष मथुराप्रसाद भण्डारीका अनुसार हात्ती नियन्त्रणमा लिने र उस्तै परे मार्नेसम्मको माग उठेको बताए ।

Read More »

उमेर नपुगी बच्चा जन्माउँदा आमा र शिशु दुवैको मृत्यु

काठमाडौं । दैलेख नपास्थित पीपलकोटमा कृष्णा कसेरा र उनको शिशुको ज्यान गएको छ । १३ वर्षको उमेरमै विवाह गरेकी कसेराले बच्चा जन्माउन नसक्दा उनीसँगै उनको शिशुको पनि ज्यान गएको हो । चेतनाको कमीले उमेर नपुगी बिहे गर्दा थुप्रै महिलाको स्वास्थ्य खतरामा परेको छ । विवाह लगतै बच्चा जन्माउने र परिवार नियोजनको साधन पनि प्रयोग नगर्ने हुँदा यस्तो समस्या देखिएको हो ...

Read More »

मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली

काठमाडौँ । मंसिर १३ देखि १६ गतेसम्म उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात चल्ने भएको छ । क्रिश्चियन धर्मको प्रचारको लागि आयोजना गरिएको एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि उपत्यकामा ४ दिनसम्म यो प्रणाली लागू हुने भएको छ । मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ र १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन ...

Read More »

नेपालको भूमि अतिक्रमण गर्दै भारत, नेपालकै भूमिमा नेपालीलाई नै आवतजावत बन्द

काठमाडौं । भारतले नेपालको भूमि अतिक्रमण गरि नेपालीहरुलाई नै नेपालको भूमिमा आवतजावत गर्न बन्द गरेको छ । भारतले आवतजावत बन्द गरेपछि २५ महिलासहित ६० जना सुस्तावासी राजधानीमा आएर थापाथलीस्थित कालमोचन घाटमा समस्या समाधान गर्न माग गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीसँग भेट गरी समस्या समाधान नभएसम्म नफर्कने अडान लिएका छन् । भारतले सुस्तावासी आवतजावत गर्ने सडक र नेपाल–भारत सीमामा खाडल खनेर ...

Read More »

भ्याट फिर्ता लिन मल्होत्राको ठूलो चलखेल, आफन्तको नाममा थप तीन कम्पनी दर्ता

काठमाडौं । नेपालका लागि सामसुङ मोबाइलको आधिकारीक बिक्रेता कम्पनीका मालिक दीपककुमार मल्होत्राले आफन्तको नाममा दर्ता भएका थप तीन कम्पनीमार्फत मोबाइल आयात गरेर निर्यात गरेको खुलासा भएको छ । मल्होत्राले आइएमएस वल्र्डसहित इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिमार्फत मोबाइल आयात र हिमालयन इलेक्ट्रोनिक्स प्रालिमार्फत निर्यात गरी यी दुवै कम्पनी मल्होत्राले शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने उद्देश्यले खडा गरेको ठूला करदाता कार्यालयले ...

Read More »

महिलालाई कुटपिट गर्ने दुई प्रहरी कारवाहीमा

वीरगन्ज । भारतीय बजारबाट वीरगन्जतर्फ अबैध रुपमा समान ल्याएको भन्दै राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिलाहरुलाई लछारपछार गर्दै कुटपिट गरेको छ । उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्ने भएको छ । घटनामा संलग्न सशस्त्र प्रहरी हवलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हवल्दार केशवराज पन्तमाथि कारवाही गर्ने प्रशासनले जनाएको छ । सशस्त्र प्रहरी ...

Read More »

भारतीय कम्पनीले बेचे नेपालको जलविद्युत्

काठमाडौं । भारतीय कम्पनी जीएमआरले नेपालको खोला चिनियाँ कम्पनीलाई बेचेको छ । माथिल्लो मस्र्याङ्दि–२ जलविद्युत् तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । उक्त जलविद्युत् ६ सय मेगावाटको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो । यस कार्यमा नेपाल सरकारको आंशिक लगानी भएको बुटबल पावर कम्पनी (बीपीसी) ले मिलाएको हो । लाइसेन्स बेचेपश्चातको रकम भारत लैजान तयारी भइरहेको छ । उक्त ...

Read More »