National

अवैध लागू औषधसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिकामा सञ्चालन हुँदै आएको आनन्द इट्टा उद्योगमा अवैध गाँजाको कारोबार हुने गरेको खुलासा भएको छ । उक्त उद्योगका सञ्चालक नगरपालिकाका मेयर दिलिप बगडिया रहेको प्रहरीले जानकारी दिएको छ । उद्योगमा काम गर्ने कामदारले लागु औषध गाँजा साढे दुई केजी सहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । उद्योगभित्र क्यान्टिन चलाउने हेमन्त बर्मनले गाँजाको कारोबार गर्नेे र ...

Read More »

राष्ट्रियसभा सदस्यमाथि कुटपिट

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–६ मदनपुरमा भएको एक छलफल कार्यक्रममा राष्ट्रियसभा सदस्य रामप्रीत पासवानलाई कुटपिट गरेको छ । छलफल कार्यक्रम सञ्चालन हुँदै गरेको क्रममा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफूमाथि आक्रमण गरेको उनले बताए । घटनाका दोषीलाई तत्काल कारवाही गर्नुपर्ने यदि नगरिए आन्दोलन गर्ने नेपाल दलित सेवा ...

Read More »

भक्तपुरका अधिकांश फार्मेसी बिना दर्ता सञ्चालन

भक्तपुर । बजार अनुगमन समितिले भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित भइरहेको औषधि पसल अनुगमन गरेको छ । अनुगमन गर्दा अधिकांश पसल दर्ता बिना अवैध रुपमा सञ्चालित भएको समितिले जानकारी दिएको छ । भक्तपुरको कमलविनायक, भत्केको पाटी र च्याम्हासिंहमा रहेको औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नगरी सञ्चालन गरिएको पाइएको समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराले ...

Read More »

मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । उक्त बैठकले राजश्व न्यायाधीकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै कर्मचारी समायोजन विषयका व्यवस्था गर्न बनेको अध्यादेश २०७५ मा लोकसेवा आयोगको परामर्श माग गर्ने प्रस्ताव स्वीकृत गरेको छ भने चालू परियोजनाको काममा तीव्रता दिने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपक्षी विकास, ...

Read More »

चितुवाको आक्रमणले बालिकाको मृत्यु

तनहुँ । तनहुँमा चितुवाले आक्रमण गर्दा ४ वर्षीया रन्जिता लम्सालको ज्यान गएको प्रहरीले जनाएको छ । आक्रमणले घाइते भएका लम्साललाई उपचारको क्रममा दमौली अस्पतालमा पुग्दा बालिकाको मृत्यु भएको बताएको छ ।

Read More »

धरौटीमा रिहा भए डीएसपी

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षकलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ । डीएसपी श्यामकुमार राईलाई घूस लिए बराबरको रकम १ लाख ४० हजार धरौटी राखी उनी रिहा भएका छन् । राईलाई अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छोडिएको हो ।

Read More »

अन्जु पन्तको पोष्टर टाँसी इसाई धर्मको प्रचार

काठमाडौं । ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई’ गीतले चर्चा पाएकी अञ्जु पन्तको पोष्टर टाँसेर मुस्ताङको ठाउँठाउँमा इसाई धर्म प्रचार गरिएको छ । पोष्टरमा प्रवेश निःशुल्क लेखिएको छ भने वरिष्ठ गायिका अञ्जु पन्त भन्दै फोटो राखिएको छ । आयोजकहरुको नाममा IFGF नेपाल र मुस्ताङ इसाई समुदाय लेखिएको छ । IFGF भनेको International Full Gospel Fellowship ...

Read More »

बस दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासीको अमरापुरीस्थित दाङबाट काठमाडौं गुडेको ना ६ ख ३९७३ नम्बरको बस दुर्घटनामा परी एकको मृत्यु भएको छ । थिलकपुर गापा बस्ने ७० वर्षिया गंगा विकको उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । बसमा यात्रा गरेका २५ जना घाइते भएका थिए । घाइतेहरु ९ जनाको उपचार भइरहेको छ भने अन्य घर फर्किसकेको प्रहरीले ...

Read More »

बाबुलाई खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ बस्ने २८ वर्षीय बिसन कटवालले आफ्नै बाबुलाई खुकुरी प्रहार गरेको छ । मानसिक सन्तुलन गुमाएका बिसनको खुकुरी प्रहारबाट ६९ वर्षीय वृद्ध बाबुलाई शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ ।

Read More »

नेपाल औषधि लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजना तयार

काठमाडौं । नेपाल औषधि लिमिटेडले २ वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार गरेको छ । सिटामोलको माग बढिरहेका बेला माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवशकुसुम सुवेदीले जानकारी दिए । जीवनजल र सिटामोल उत्पादन गर्दै आएको लिमिटेड बोर्ड बैठकले अब छिट्टै सिटाप्लस पनि उत्पादन गर्ने योजना ...

Read More »