Uncategorized

नेपाली सुरक्षाकर्मीमाथि आरोप लगाउँदै भारतीय सञ्चार

काठमाडौं । नेपाल प्रहरीमाथि गम्भीर आरोप लागेको छ । नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी प्रवेश गरी गोली प्रहार गरेर नेपाली नागरिकको हत्या गर्दा चुप लागेर बस्ने भारतीय संचार माध्यमहरुले लखनउबाट व्यापारी किशोरी लाललाई नेपाल प्रहरीले अपहरण गर्दा नेपाली सुरक्षाकर्मीमाथि गम्भीर आरोप लगाएका छन् । नेपाल प्रहरीले चोरको शैलीमा किशोरीलाई बीच सडकबाट अपहरण गरेको भन्दै भारतीय मिडिया न्यूज २४ ले सीसीटिभीको फुटेज ...

Read More »

फेरि सशस्त्र युद्ध हुने घोषणा: विप्लव

काठमाडौं । १० वर्ष चलेको माओवादी युद्ध समाप्त भएको करिब १२ वर्षपछि अहिले तत्कालीन माओवादीबाट अलग हुँदै नेपाल कम्युनिस्ट पार्टी गठन गरेका नेत्रविक्रम चन्द विप्लवले फेरि सशस्त्र युद्ध हुने घोषणा गरेका छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा पार्टीले नेतृत्व गरेको वर्तमान सरकारले आफूहरुको हत्या गर्न सुरक्षाकर्मीलाई आदेश दिएको आरोप लगाएका विप्लवले अब फेरि सशस्त्र युद्धको ...

Read More »

ग्राण्डीको लापरवाहीका कारण बिरामीको मृत्यु

काठमाण्डौ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल उपचारमा लापरबाही गरी पटक पटक बदनाम भइरहँदा पुनः उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको छ । बिरामीको मृत्युपछि रातारात अस्पतालले सम्झौता गरी घटना साम्य पारेको खुलासा भएको छ । दुर्घटनाबाट घाइते भई उपचार गर्न आएका धादिङका एकजना बिरामीको उपचारमा गम्भीर लापरबाहीका कारण मृत्यु भएको थियो । मृतकका आफन्तले अस्पताल परिसरमा आन्दोलन सुरु गरेपछि अस्पतालले ...

Read More »

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको छ । बनेपा नगरपालिकास्थित साँगा चोकका पाँच दर्जन भन्दा बढी घरहटरा, होर्डिङ डिभिजन सडक कार्यालय भक्तपुरले हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीयले अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरिले जनाएको छ । घरटहरा हटाउन डिभिजन सडक कार्यालयले ...

Read More »

जग्गा किर्ते गरेको अभियोगमा मालपोतका उपसचिवसहित चार जना पक्राउ

काठमाडौँ । उपत्यकाको चाबहिलस्थित मालपोत कार्यालयका कर्मचारीहरुलाई जग्गा किर्ते गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको छ । पक्राउ पर्ने कार्यालयका उपसचिव कमलप्रसाद तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताललाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा किर्ते गरी अर्कै व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेको अभियोगमा पक्राउ गरेको हुन् ...

Read More »

अब इन्टरनेटबाटै आर्थिक गतिविधि हुने

काठमाडौं । आइतबार राष्ट्र बैंकले एक विशेष समारोहमा बैंकिङ कारोबार गर्न अझ सहज हुने एप सार्वजनिक गरेको छ । अबदेखि बैक तथा वित्तीय संस्थाको ऋण प्रवाह, निक्षेप संकलन लगायत सम्पूर्ण आर्थिक गतिविधि इन्टरनेटबाट नै हेर्न सक्ने वित्तिय समावेशीकरण पोर्टल ल्याएको छ । वित्तीय संस्थाको आर्थिक गतिविधिको पहुँच सर्वसाधारण समक्ष पु¥याउन वित्तीय संस्थाको नियमन र अनुगमन प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय बैकले ...

Read More »

सामसङको बडा दशैंको बडा बचत योजना

काठमाडौं । नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा सामसङ नेपालले बडा दशैंको बडा बचत नामको योजना ल्याएको छ । यस योजनामा ग्राहकहरुले सामसङका इलेक्ट्रोनिक्स उत्पादनहरु एलईडी, स्मार्ट, स्मार्ट एलईडी यूएचडी तथा क्य एलईडी टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशत, रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशत, वाशिङ्ग मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउनेछन् । साथै यो योजना अवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सबास वासिङ्ग ...

Read More »

ओभरटेक गर्दा बस दुर्घटना

बर्दिया । मधुवन नगरपालिका २ खातामा यात्रुबाहक बस पल्टिँदा १२ जना घाइते भएका छन् । शान्तिबजार हुँदै नेपालगन्ज जाँदै गरेको ना ६ ख ६८६० नम्बरको बसलाई ओभरटेक गर्दा बस पल्टिएको प्रहरीले जनाएको छ । घाइतेलाई नेपालगञ्जको शिक्षण अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । बसचालक डिवस बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More »

सुत्केरी महिलालाई बलात्कार गर्ने प्रयास

तेह्रथुम । तेह्रथुमको जिल्ला अस्पतालमा उपचारारत २० वर्षीया सुत्केरी महिलालाई बलात्कार गर्न खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मोरङ जिल्ला बयरबन ५ बस्ने २५ वर्षीय दिपेश कार्की रहेका छन् । पीडित सुत्केरी महिला अस्पतालको शौचालयमा कार्कीले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन् । पीडितको उजुरीपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले ...

Read More »

विवाह दर्ता र नागरिकता बनाइदिन आग्रह गर्दा आफ्नै परिवारबाट कुटपिट

राजविराज । राजविराज नगरपालिका–१५ मा आफ्नै पति, सासु र ससुराबाट प्रेमकला ठाकुर कुटिएकी छिन् । मुसहरनियाकी १९ वर्षीय प्रेमकला ठाकुरले आफ्नो विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा उनी कुटिएकी हुन् । आफ्नै घरपरिवारको कुटाईबाट उनको छाती, ढाड, कम्मर, पेट, खुट्टामा चोट लागेको छ भने शरीरभरि नै निल डाम छ । प्रेमकलाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भईरहेको ...

Read More »
Translate »